भोटेकोशी बाढी प्रतिक्रिया कार्यक्रम: HuRENDEC Nepal टोलीको अभिमुखीकरण कार्यक्रम सम्पन्न

भोटेकोशी बाढी प्रतिक्रिया कार्यक्रम: HuRENDEC Nepal टोलीको अभिमुखीकरण कार्यक्रम सम्पन्न

भोटेकोशी बाढी प्रभावित समुदायको साथमा रहँदै HuRENDEC Nepal ले बाढी प्रतिक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै क्रममा परियोजनामा संलग्न आफ्नो टोलीका लागि आन्तरिक अभिमुखीकरण कार्यक्रम कार्तिक १६ गते सम्पन्न गरेको छ।

कार्यक्रम HuRENDEC Nepal की अध्यक्ष गौरी कुमारी शाहीको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा परियोजनासँग आबद्ध HuRENDEC का सबै सदस्यहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरणका क्रममा अध्यक्ष श्री शाहीले परियोजना सञ्चालनका क्रममा टोलीभित्रको आपसी समन्वय, सरोकारवालासँगको सहकार्य लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। साथै, परियोजनालाई प्रभावकारी र नतिजामुखी ढंगले सञ्चालन गर्न सबै सदस्यले पूर्ण प्रतिबद्धता र जिम्मेवारीका साथ काम गर्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रमले टोलीका सदस्यहरूबीच आपसी समझदारी र समन्वयलाई थप सुदृढ बनाउन सहयोग पुर्‍याएको छ। HuRENDEC Nepal बाढी प्रभावित समुदायसम्म प्रभावकारी रूपमा पुग्ने गरी आफ्नो कार्यलाई निरन्तरता दिनेछ।