भोटेकोशी बाढी प्रतिक्रिया कार्यक्रम: बाढी पिडित अस्थाई शिविरमा मनोसामाजिक परामर्श

भोटेकोशी बाढी प्रतिक्रिया कार्यक्रम: बाढी पिडित अस्थाई शिविरमा मनोसामाजिक परामर्श

मिति: २०८३ कात्तिक १९ (५ नोभेम्बर २०२६)

भोटेकोशी बाढी प्रभावित समुदायको साथमा रहँदै HuRENDEC Nepal ले ACF को सहयोगमा बाढी प्रभावितका लागि प्रतिक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै क्रममा उत्तरगया वडा नं. १ रसुवाबाट अस्थाई रुपमा नुवाकोट बिदुर वडा नं. ५ पिपलटारमा आइ बसोबास गर्नु भएको घरधुरीसँग परिवार परामर्श सत्र सञ्चालन गरियो।

सत्रको सहजीकरण HuRENDEC का मनोसामाजिक अधिकृत ननेन्द्र बी.क तथा अन्य मनोसामाजिक परामर्शकर्ताबाट भएको थियो। सत्रमा निद्रामा आउने समस्या तथा बाढीका पीडादायी सम्झनाहरू बारम्बार आइरहने समस्या मुख्य विषयका रूपमा देखिए। यसै क्रममा परामर्शकर्ताहरूले राम्रो निद्राका स्वस्थ बानी (sleep hygiene), भावना व्यक्त गर्ने तरिका र विश्वासिला व्यक्तिसँग पीडादायी अनुभव साझा गर्नुको महत्त्वबारे मनोशिक्षा प्रदान गरे।

मानवीय प्रतिक्रिया तथा आपतकालीन सहयोगको क्षेत्रमा क्रियाशील HuRENDEC Nepal को टोली प्रभावित समुदायसँगै सुरुका दिनदेखि नै यस क्षेत्रमा कार्य गर्दै आएको छ। हामी सरकारी निकाय, स्थानीय तह, मानवीय साझेदार संस्था र स्थानीय समुदायसँग निकट समन्वय गर्दै आवश्यकता पहिचान गर्ने, तत्काल राहत पुर्‍याउने तथा घरबास र जीविकोपार्जन गुमाएका परिवारलाई सहयोग गर्ने काममा सक्रिय छौँ।