कालिकोट जिल्ला स्तरिय तेस्रो युवा भेला

कालिकोट जिल्ला स्तरिय तेस्रो युवा भेला

कालिकोट जिल्लाको जिल्ला स्तरिय युवा भेला कालिकोट जिल्लाको सदरमुकाम मान्ममा फेब्रोअरी महिनाको १८ तारिख देखि १९ तारिख सम्म संञ्चालन भई सम्पन्न भएको । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग हुरेन्डेक नेपाल कालिकोट साझेदारीमा संञ्चालित सशक्त बालिका परियोजनाका आर्थिक तथा प्राबिधिक सहयोगमा जिल्ला स्तरिय युवा संञ्जाल र हुरेन्डेक नेपाल कालिकोटको आयोजनामा उक्त युवा भेला सम्पन्न भएको थियो । युवा भेलामा जिल्ला समन्वय समिति कालिकोटको समन्वयमा संञ्चालन भएको उक्त युवा भेला जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाहि प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कालिकोटका ९ ओटै स्थानिय तह रास्कोट नगरपालका, खाडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका र शान्नीत्रिबेणी गाँउपालिका, नरहरीनाथ गाँउपालिका, पतालझर्ना गाँउपालिका, सुभकालिका गाँउपालिका, महावै गाँउपालिका, पलाता गाँउपालिकाबाट जम्मा ८८ सहभागिहरुको सहभागिता रहेका युवा भेला, युवाहरुको क्षमता विकास तथा १५ बुदे कालिकोट युवा भेला घोषणा पत्र जारी गदै सम्पन्न भएको थियो ।