प्लान ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालीकाेट, किर्डाक नेपाल र सादा नेपालकाे सयुक्त साझेदारीमा रास्काेट संचालित क्रियाकलापहरुकाे सयुक्त अनुगमन गरिएकाेछ । जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत बिक, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,रास्काेट नगरपालका प्रमुख धर्मराज शाही जिल्ला स्थित सरकारी तथा गैर सरकारी सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र प्लान ईन्टर नेश्नल नेपालका कार्यक्रम बिशेषज्ञ विनय ज्ञावली, कार्यक्रम संयाेजक दीक्षा भाट,हुरेन्डेक नेपाल कालिकाेटका अध्यक्ष जजराज शाही, किर्डाक नेपाल कालिकाेटका जिल्ला संयाेजक तुलराम पाण्डे लगाएतकाे टिमले अनुगमन गरेकाे हाे ।
प्लान ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग र हुरेन्डेक नेपाल रसादा नेपाल कालिकाेटकाे साझेदारीमा संचालित सशक्त बालिका परियाेजना, रास्काेटमा महिनावारी खानेपानि तथा सरसफाई स्वच्छता परियाेजना र बाल बिबाह छिटाे हुने बिबाह र जवर्जस्ती गरिने बिबाह राेकथाम परियाेजनाले संचालन गरिएका क्रियाकलापहरुकाे अनुगमन गरिएकाे हाे । रास्काेट नगरपालिका वडा नम्बर ८ स्थित जनजागृति माध्यमिक विधालयकाे नवनिर्मित शाैचालय, महिनावारी स्वच्छता कक्ष, साईन्स ल्याभ , तथा बडिमालिका माध्यमिक बिधालयमा संचालित परिवर्तनका सम्वाहकहरुकाे कक्षा, साईन्स ल्याभ अनुगमन गरिएकाे हाे । सरकारले गर्न पर्ने कामहरुमा संघ सस्थाहरुले गरेर नगर सरकारलाई धेरै सहयाेग पुगेकाे र थप निरन्तर समन्वय र सहकार्यका लागि नगर सरकार तयार रहेकाे नगर प्रमुख शाहीले बताउनु भयाे । महिनावारी कक्ष, अपागता मैत्रि शाैचालय बन्दा बिधालयमा बिधार्थिहरु नियमित हुनेमा बिशस्त रहेकाे जनजागृती माध्यमिक बिधालयका प्रधानाध्यापक नगराज उपाध्ययले बताउनु भयाे ।