अपाङ्गता र लैङ्गीकमैत्री पक्की शौचालय भवन, हातधुने धारा र महिनावारी स्वच्छता कक्ष उद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएकाेछ । प्लान इन्टरनेशनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको साझेदारी Warm Nest Foundation को सहयोग तथा रास्कोट नगरपालिकाको समन्वयमा कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा सञ्चालित रास्कोट महिनावारी स्वास्थ्य तथा खानेपानी सरसफाई स्वच्छता सुधार परियोजना जनजागृती माध्यमिक बिधालय र कालासिल्ला माध्यमिक बिधालयमा निर्माण कार्य सम्पन्न पश्चात उद्घाटन तथा हस्तान्तर् गरिएकाे हाे । लैङ्गीकमैत्री तिन कोठे पक्की शौचालय भवन, हातधुने धारा र महिनावारी स्वच्छता कक्ष रास्काेट नगरपालिकाका दुई विधालयमा निर्माण गरिएकाे हाे । नगर प्रमुख धर्मराज शाही , उप प्रमुख मनिराज बराल , प्लान नेपाल क्षेत्रिय कार्यालय सुर्खेत का क्षेत्रिय प्रवन्धक मिना पराजुलि ,कार्यक्रम विशेषज्ञ बिनय ज्ञवालि, हुरेन्डेक नेपाल कालिकाेटका उपाध्यक्ष खडानन्द अधिकारकाे उपस्थितीमा स्कुललाई हस्तान्तरण गरिएकाे हाे । परियाेजनाले महिनावारी स्वच्छता कक्ष निर्माण, र अपागता मैत्री शाैचालय निर्माणले विधार्थीहरुकाे विधालयमा सख्या वढ्ने र पढाईमा पनि केहि हद सम्म सहयाेग पुग्ने नगर प्रुमुख शाहीले बताउनु भयाे ।