गैरसरकारी संस्था महासंघमा नयाँ कार्यसमिति, अध्यक्षमा अर्जुन, महासचिवमा देवी र सचिवमा जजराज सहित

गैरसरकारी संस्था महासंघमा नयाँ कार्यसमिति, अध्यक्षमा अर्जुन, महासचिवमा देवी र सचिवमा जजराज सहित

काठमाडौं । गैरसरकारी संस्था महासंघ (एनजीओ फेडेरेसन)मा १५ पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय सभागृहमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशन, ३०औं वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनले अर्जुन भट्टराईको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षद्वयमा राजेन्द्र शर्मा र सञ्जय लम्साल चयन भएका छन् । यस्तै महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा तथा कोषाध्यक्षमा गोविन्द शाही चयन भए । सात प्रदेशबाट प्रतिनिधित्व रहनेगरी ७ जना सचिव चयन भएका छन् । जसमा कोशीबाट सरिता आङदेम्बे, मधेशबाट रामचन्द्र साह, बागमतीबाट बुद्धशरण लामा, गण्डकीबाट राजेन्द्रप्रसाद पौडेल, लुम्बिनीबाट नमस्कार शाह, कर्णालीबाट जजराज शाही र सुदूरपश्चिमबाट सावित्रा घिमिरे (बिक) सचिव बनेका छन् ।